कार्तिक १४ गते। श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा उनको श्रीमान र सौता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१४ बहुअरी बस्ने ४५ वर्षीय एजहारुलहक अन्सारी र उनकी जेठी पत्नी ३८ वर्षीया नुरजहान खातुन रहेको छ ।
गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी उनको वीरगञ्ज हेल्थ केयर अस्पताल वीरगञ्जमा उपचारकै क्रममा मृत्यु भएको थियो।
अभियुक्त एजहारूलहक अन्सारीको दुई वटा श्रीमती रहेको र कान्छी श्रीमती महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा वर्ष ६५ को फजल करिम मियाँ, सासु आमा वर्ष ६३ की सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले कुटपिट गरेको र सोही क्रममा अभियुक्त एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको छ।
कात्तिक ४ गते राति करिब पउने ९ बजेको समयमा एजहारूलहक अन्सारीले कान्छी पत्नी २८ वर्षीया महिमा खातुनलाई घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरेपछि सख्त घाइते भइ अचेत अवस्थामा उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा कात्तिक ५ गते बिहान महिलाको मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा एजहारूलहक अन्सारीको दुई वटा पत्नी रहेको र कान्छी पत्नी महिमा खातुनलाई घरायसी विवादका कारण ससुरा ६५ वर्षीय फजल करिम मिया, सासु आमा ६३ वर्षीया सरिफन खातुन र सौता नुरजहान खातुन समेतले कुटपिट गरेको र पति एजहारूलहक अन्सारीले धारिलो हतियार छुरा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
सोमबार साँझ आरोपितहरुलाई पर्सा प्रहरीले सार्वजनिक गरेको हो । फरार रहेका ससुरा फजल करिम र सासु सरिफन खातुनको खोजतलास भइरहेको उनले बताए ।

















Discussion about this post