nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाद्वारा न्युजिल्याण्ड ५ रनले पराजित

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०८०, ११:१५ मध्यान्ह
एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाद्वारा न्युजिल्याण्ड ५ रनले पराजित

कार्तिक ११ गते । एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाद्वारा न्युजिल्याण्ड ५ रनले पराजित भएको छ। न्युजिल्याण्ड मात्र ६ रनले विश्वकीर्तिमानी जीतबाट चुकेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ८३ रन बनाउन सक्यो ।

जेम्स निसमले ३९ बलमा ५८ रन बनाउँदै टोलीलाई जीत नजिक पुर्‍याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो । यदि आजको खेलमा जीत हासिल गरेको भए विश्वकपमा न्युजिल्याण्डले अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउने थियो ।

खेलमा कूल ७ सय ७१ रन बन्यो । कुनै पनि विश्वकपको एकै खेलमा बनेको यो सर्वाधिक रनको कीर्तिमान हो । पहिलो दुई खेल गुमाएको अस्ट्रेलियाको यो लगातार चौथो जीत हो । ६ खेलबाट अस्ट्रेलियाको ८ अंक रहेको छ । जीतका बाबजुद नेट रन रेटका आधारमा अस्ट्रेलियाले समान अंक रहेको न्युजिल्याण्डलाई उछिन्न भने सकेन । न्युजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेको छ ।

न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक ११६ रन बनाए । उनले ८९ बलमा ९ चौका र ५ छक्का हिर्काए । त्यस्तै डेरल मिचेलले ५१ बलमा ५४ रनको पाली खेले । अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुड र प्याट कमिन्सले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाँचपटकको विजेता अस्ट्रेलियाले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो ।

अस्ट्रेलियालाई ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । दुवैले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८५ रन बनाए । यसक्रममा उनले ५ चौका र ६ छक्का हिर्काए । ट्राभिस हेडले पनि आक्रामक पाली खेल्दै शतक बनाए । उनले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए । यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो । यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । विश्वकपमा उनको यो पहिलो तथा करियरको चौथो शतक हो ।

दुई खेलाडी आउट भएपछि अस्ट्रेलिया मध्यक्रमले खासै ठुलो योगदान दिन सकेन । मिचेल मार्स ३६ रन बनाएर आउट भए भने स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८–१८ रन बनाए ।

त्यसपछि आएका ग्लने म्याक्सवेलले पुनः विस्फोटक पारी खेले । अघिल्लो खेलमा ४० बलमा शतक बनाएर कीर्तिमान बनाएका उनले २४ बलमा ४१ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, जोस इंग्लिस र कप्तान प्याट कमिन्सले अस्ट्रेलियालाई विशाल योगफलसम्म पुर्याए । इंग्ल्सिले मात्र २८ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । कप्तान कमिन्सले १४ बलमा ३७ रन बनाए । उनले दुई चौका र ४ छक्का हिर्काए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

Discussion about this post

Related Posts

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि