nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘अधिकारका कुरा निर्धक्क राख्छौँ’

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०८०, ११:०६ मध्यान्ह
‘अधिकारका कुरा निर्धक्क राख्छौँ’

कार्तिक ११ गते । धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वास्थित मुसहर बस्तीका ५५ वर्षीय श्रीप्रसाद सदा हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । आफू पनि बँधुवा मजदुरी गर्ने निरक्षर सदा पहिले आफ्नो हकअधिकारका कुरा राख्न अकमकाउनुहुन्थ्यो । अहिले उहाँ बँधुवा मजदुरलाई मुक्ति दिलाउन र मुसहर समुदायका अधिकारबारे खरर बोल्न सक्ने हुनुभएको छ ।  उहाँ भन्नुहुन्छ, “पहिला पहिला आफ्नो समस्याको विषयमा बोल्न पनि सकिँदैनथ्यो । अचेल प्रधानमन्त्री, मधेश सरकारका मन्त्री, सभा सदस्य र स्थानीय जनप्रतिनिधिसमक्ष आफ्नो भनाइ निर्धक्क राख्छु ।”

“२०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष तराईका बँधुवा मजदुरका बारेमा जानकारी गराउँदै मुक्तिका लागि स्पष्ट धारण राखेको थिएँ । अन्य प्रतिनिधिसँगै कुनै हिचकिचाहटबिना आफ्नो भनाइ राखेकै कारण तत्कालीन प्रधानमन्त्री देउवाले तराईका जिल्लामा सामाजिक कुप्रथाका रूपमा रहेको हरवाचरवा मुक्तिको घोषणा गर्नुभएको थियो,” सदाले भन्नुभयो ।

हरवाचरवा मुक्ति तथा उत्थानका क्षेत्रमा कार्यरत ‘फ्रिडम फन्ड युके’ को सहयोगमा सञ्चालित सामुदायिक सुधार केन्द्र धनुषाले अधिकारबारे लगातार सिकाउँदै गएपछि आफूसहित धेरै मुसहर समुदायको आँखा खुलेको उहाँको भनाइ छ । सुधार केन्द्रले प्रचलित कानुन, हकअधिकार र सरकारबाट प्राप्त सेवासुविधाबारे तालिम दिएको थियो । अझै पनि बेला बेला यस्तो तालिम दिँदै आएको छ । “तालिमपछि मुसहर समुदायका मुद्दा कसरी उठाउने भन्ने कुरा व्यवहारमा उतार्दै गएपछि अहिले हरवाचरवा अधिकार मञ्चको केन्द्रीय उपाध्यक्ष भएर बँधुवा मजदुरको मुक्तिका लागि नेतृत्व गर्दै आएको छु,” उहाँले भन्नुभयो ।

सोही बस्तीमा घर भएका हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाले आफूहरूलाई हकअधिकार र दायित्वबारे सुधार केन्द्रले सिकाएपछि बँधुवा मजदुरका समस्या सरकारसमक्ष राख्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी स्वास्थ्यचौकीमा निःशुल्क औषधी पाइन्छ भन्नेसम्म थाहा थिएन । तालिममा सिकाएपछि थाहा भयो ।” थोरबहुत कानुनका ज्ञान, जन्मदर्ता, मृत्युदर्ता र घटनादर्ता समयमै किन बनाउनु पर्छ भन्ने जानकारी पनि सोही तालिमबाट प्राप्त भएको उहाँको भनाइ छ । यसै गरी सोही गाउँमा गठित कमला हरवाचरवा समूहका अध्यक्ष परमकला सदाले मुसहर समुदायलाई सुधार केन्द्रले निरन्तर तालिम दिएर  शिक्षित र सक्षम बनाउँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त अन्धकारमा रहेछौँ, सुधार केन्द्रले आँखा खोलिदियो, । जीवनको पहिलो कुरो त शिक्षा पो रहेछ । यो बुझेपछि मैले आफ्नो समुदायका महिलालाई पनि यस्तो कुरो साझा गर्ने गरेको छु ।”

सामुदायिक सुधार केन्द्र, धनुषाका अध्यक्ष सञ्जय साहले शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनका अवसरबाट वञ्चित मुसहर समुदायको उत्थानका निम्ति तालिमलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले सहिदनगर नगरपालिकामा मात्रै आठ हजार ६८० घरपरिवार बँधुवा मजदुर रहेको जानकारी दिनुभयो । ती मजदुरको आर्थिक अवस्थामा सुधार ल्याउन दुई वर्षअघि साना व्यवसाय सहयोग कार्यक्रम अन्तर्गत २९ वटा समूहलाई ५१ हजार रुपियाँ र २० जनालाई १० हजार रुपियाँका दरले व्यक्तिगत सहयोग गरिएको थियो । बँधुवा मजदुरलाई आफ्नै व्यवसाय गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम तथा आर्थिक सहयोग गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।

धनुषाको मुखियापट्टी मुसहरनिया, धनौजी, विदेह र सहिदनगरलगायतका पालिकामा रहेका मुसहर समुदायलाई तालिम तथा आर्थिक सहयोग गरेको जानकारी उहाँले दिनुभयो । गोरखापत्र बाट

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि