जनकपुरधाम/कार्तिक ११ गते । धनुषाको ढल्केवर स्थित पूर्वपश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
मृत्यु हुनेमा ज.२ प ८३०१ नम्बरको मोटरसाइकल चालक मिथिला नगरपालिका–१ लक्ष्मीनिवास बस्ने २८ वर्षीय राकेश राउत रहेको प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा बा.७९ प ४७५५ नम्बरको मोटरसाइकल र ज.२ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका-१, लक्ष्मिनिवास बस्ने १८ वर्षीय राकेश राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका राउतको जनकपुरधाम स्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अजितकुमार यादवको टाउकोमा चोट लागेको छ ।
यसैगरी, ज २ प ८३०१ नम्बरको मोटरसाइकलमा सवार एक बालक सहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिथिला नगरपालिका-६, ढल्केवरका ३८ वर्षीय अभय श्रेष्ठ, उनकी श्रीमती ३२ वर्षीया मन्दिर श्रेष्ठ र १० वर्षीय छोरा आर्यन श्रेष्ठ रहेका छन् ।घाइतेहरुको ढल्केवर स्थित भोगेन्द्र मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।














Discussion about this post