कार्तिक ५ गते। दशैंको आठौं दिन महाअष्टमीको अवसरमा जनकपुरधामको राजदेवी मन्दिरसहित मधेश प्रदेशका विभिन्न शक्तिपीठहरुमा मध्यरातिदेखि नै खोइँच भराई तथा लड्डु चढाउने श्रद्धालुहरुको घुइचो लागेको छ ।
खोइँच भर्न तथा लड्डु चढाउन जनकपुरका प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाको राजदेबी मन्दिर, महोत्तरीको सोनामाइ मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कंकालिनी मन्दिर लगायत शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको भीड लागेको छ ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै महिलाहरु खोइँच भर्ने गर्दछन् ।
आइतबार बिहानसम्म हजारौं महिला महिलाहरुले राजदेवी मन्दिरमा खोइँच भरेका छन् भने सो भन्दा दोब्बरसंख्यामा लड्डु (पसाद) चढाएको जनाइएको छ ।

















Discussion about this post