असोज २९ गते । प्रत्येक वर्ष झै यस वर्षपनि जनकपुरधाममा दशै,दिपाबली तथा छठ पर्वको अवसर पारेर सस्तो बजार सुरु भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजार जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा शुरु भएको छ । सस्तो बजारको उदघाट्न मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।

बजारको समुदघाट्न कार्यक्रममा बोल्दै मन्त्री यादवले केन्द्र सरकारमाथि आरोप लगाउदै भने,‘मुलुकमै सबैभन्दा बढि राजश्व प्रदान गर्ने प्रदेशलाई अर्थतन्त्रको १ दसमलब ९० प्रतिसत मात्र बजेट प्रदान गर्नु भनेको संघिय सरकारको मधेश प्रदेशप्रतिको हेर्ने दृष्टिकोणमा अलिकति पनि परिवर्तन हुन नसकेको बताएका छ्न। ’विश्वको कुनै पनि प्रदेश रहेको मुलुकमा यसरी विभेदपुर्ण तरिकाले बजेट विनियोजन गरिएको छैन तर नेपालमा नश्लिय चिन्तनकै कारण बजेटमा पनि विभेद जारी राखिएको मन्त्री यादवले बताए ।

अर्थमन्त्री यादवले ठुलठुला कलकारखाना तथा उद्योगहरु खोल्नका लागि समेत मधेश प्रदेश सरकारले योजना ल्याएको बताउँदै छिट्टै नै मधेश प्रदेशमा कार्ययोजनासहित अघि बढ्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले कृषि बजारका लागि सहयोग गर्न मन्त्री यादवसँग आग्रह गर्दै बजार चलायमान गर्न प्रदेशका निर्माण व्यवसायीहरूको बक्यौता रहेको रकम तत्काल उपलब्ध गराउन माग गरे । उनले घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरूलाई प्राथमिकता दिई बिक्री वितरण गर्ने योजना रहेको समेत बताए ।साथै जनकपुरधाममा होटल व्यवसाय निकै नै महगो रहेको आरोप लाग्दै आएको सम्वन्धमा छिटै नै होटल व्यवसायीसंग छलफल गर्ने बताए ।
साथै अध्यक्ष महासेठले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दसैं मेलाबाट सर्वशुलभरुपमा यहाँका स्थानीय उपभोक्ताहरुले गुणस्तरीय सर्वशुलभ तथा सस्तोमा सुपथ विभिन्न सामग्रीहरु किनमेल गर्ने अपेक्षा रहेको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको समुदघाट्न कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,वृहत्तर जनकपुरक्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे,पुर्व संघिय सांसद प्रमोद साह,लगायतको उपस्थिती रहेको थियो ।
सस्तो बजारमा सस्तो बजारमा कुल १ सय १५ वटा स्टलहरु रहेको छ भने खाद्यान्न, दैनिक उपभोग्यका सामग्रीहरु, साबुन, सरफ, अगरबत्ति, प्लाष्टिकका भाँडाकुँडाहरु, लत्ता कपडाहरू, जुत्ता चप्पल लगायत विभिन्न उपभोग्य सामग्रीहरु राखिएको छ ।

















Discussion about this post