गिरिजानन्द/असोज २८ गते। अवध मिथिला फाउन्डेसनले विश्व खाद्य दिवसको अवसरमा अवध मिथिला संस्कृति एक झलक दुई देशीय दुई दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।
असोज २९ र ३० गते आयोजना हुने दुईदिने कार्यक्रमको तयारी पूरा भइसकेको अवध मिथिला फाउन्डेसनका अध्यक्ष डा.पुरुषाेत्तम कुमार ठाकुरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छ्न।

असोज २९ गते बिहारबाट आएका पाहुनालाई स्वागत गर्ने र मधेस प्रदेशको प्रदेश सभा हलमा रात्रिभोजको आयोजना गरिएको छ । जसमा मधेस प्रदेशका मुख्यमन्त्री र अन्य मन्त्रीहरू सहभागी हुनेछन् ।
असोज ३० गते बिहारबाट आएका पाहुनालाई जानकी मन्दिर दर्शन, धनुषा धाम र जलेश्वर मन्दिर दर्शन गराउन लैजाने र जलेश्वरमा ८४ प्रकारका मिथिला परिकारको प्रदर्शनी हुने कार्यक्रम रहेको छ ।
त्यसपछि त्यही दिन दिउँसो जनकपुरधाममा दुवै देशका पाहुनाले मिथिलाको परम्परागत नृत्य जाट-जतिन, झिझिया डोम्काच आदि सांस्कृतिक कार्यक्रमक हेर्ने छ । त्यसपछि दुवै देशको साझा संस्कृति बारेमा छ्लफल गर्ने रहेको छ। बिहार विधान परिषद्का अध्यक्ष देवेश चन्द्र ठाकुर, बिहार श्रम मन्त्री सुरेन्द्र राम र धेरै विधायकहरू कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको अध्यक्ष डा.पुरुषाेत्तम कुमार ठाकुरले बताएका छ्न।
यस कार्यक्रममा छ दर्जनभन्दा बढी संघसंस्था सक्रिय रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

















Discussion about this post