असोज २८ गते। धनगढीबाट प्रतिबन्धित लागूऔषध सहित एक युवती प क्राउ परिएका छन् ।
गुप्ताङ्गमा लागुऔषध खैरो हिरोइन लुकाएर ल्याइरहेको अवस्थामा प्रहरीले युवतीलाई पक्राउ गरिएका हाे ।
पक्राउ पर्नेमा धनगढी बस्ने २० वर्षकी अनुस्का सिंह ठकुरी रहेका छन् ।
शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले लागूऔषध सहित नियन्त्रणमा लिएको थियो।
त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागुऔषध निकालेको थियो ।
याे घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post