जनकपुरधाम/असोज २४ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा जनकपुरधाममा मधेश प्रदेशको पहिलो प्रादेशिक अधिवेशनको समुदघाटन सत्रलाई सम्बोधन गर्दै यो देशको विकास र जनताको काम गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको दाबी गरेका छन् ।

ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाएका छ्न । एमाले लोकप्रिय पार्टी रहेको उनको र २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी समेत गरेका छन् ।
महासचिव शंकर पोखरेल देशको सातवटै प्रदेशहरु मध्ये मधेशका सरकार बजेट खर्च गर्न नसक्ने, गरेकोमा काम कम र भ्रष्टाचार तथा बेरुजु धेरै गर्ने कामहरु गरेर सरकार चलाउन असक्षम सावित भएकाले एमालेको एकल बहुमतको सरकारको माग गरे ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गरे ।
पार्टी सचिव तथा कोशी प्रदेश ईन्चार्ज रघुविर महासेठले केपि शर्मा ओली नेतृत्वको सरकारले गरेको कामकै कारण मधेशमा आज सडक, रेल सम्भव भएको र सिचाँई तथा कृषिको आशा जागेको बताए । पार्टी अध्यक्ष ओली पहिलो पटक रौतहटमा पक्राउ परेको हिजो असोज २३ गते पचास वर्ष पुरा भएको स्मरण गर्दै एमाले र मधेशको सम्बन्ध खुलाए
उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उनले बताए ।

पोलिटब्यूरो सदस्यहरु लिलानाथ श्रेष्ठ र जुली महतोले मधेशी दलहरुको नेतृत्वमा मधेशले के पायो र के गुमायो भन्ने कुरा बुझाउन आवश्यक नरहेको भन्दै एमालेको सरकार बिना मधेशको विकास असम्भव जस्तै प्रमाणित हुदै गएको तर्क गरे । श्रेष्ठले बिना कमिसन छोरीहरुलाई साइकल समेत दिन नसक्ने मधेशी सरकारलाई जनताले चिनिसकेको टिप्पनी गरे ।
‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ मुलनाराका साथ आजदेखि सुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिबेशनको बन्दसत्र आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले बताउनुभयो ।

















Discussion about this post