सिरहा/असोज २३ गते । बला त्कार गरी कयौँ वर्षदेखि फरार रहेका एक युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–१ निवासी २९ वर्षीय मनोज ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २०७१ साल असोज २७ गते सिरहा जिल्ला अदालतले ठाकुरलाई जबरजस्ती करणी मुद्दामा ११ कैद सजाय सुनाएको थियो । त्यसयता ठाकुर फरार रहेका थिए ।
उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो गोलबजार–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाइएको छ ।

















Discussion about this post