सिरहा/असोज २२ गते । हत्या अभियोगका फरार युवक ६ वर्षपछि प क्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा प्रहरीले जिल्लाको मिर्चैया नगरपालिका १ का २७ वर्षीय नन्दा भन्ने उमेश उराउ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
नन्दालाई मिर्चैया १ स्थितबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सिरहा जिल्ला अदालतमा पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
।
कर्जन्हा नगरपालिका १० का शशि भूषण प्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा उराउलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहको २०७४ असोज २३ गते आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।
सिरहा जिल्ला अदालतको फैसलाले सोमन सर्वस्व सहित जन्म कैद फैसला भएको र अर्को व्यक्ति ईन्दल भन्ने रुपेश यादवलाई समेत जन्म कैद फैसला भएको तथा उनीहरु हाल कारागारमा रहेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

















Discussion about this post