जनकपुरधाम/असाेज २१ गते । धनुषाबाट बिगो मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परिएका छन् ।
पक्राउ पर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं.१५ बस्ने ४५ वर्षीय अशोक चाैधरी रहेका छन् ।
धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बिगो मुद्दामा चौधरीलाई अदालतले ६ महिना कैद सजाय सुनाइएको छ । उनमाथि थप अनुसन्धान भइरहेको र आज अदालतमा पेश गरिने धनुषा प्रहरीले जनाएको छ ।

















Discussion about this post