जनकपुरधाम/असोज १८ गते । जितिया पर्वको अवसरमा भोलि (शुक्रवार) निजि विद्यालयहरुमा विदाको घोषणा गरिएको छ ।
जनकपुरधाम प्यावसनका अध्यक्ष रविन्द्र चौधरी र एनप्यावसनका अध्यक्ष दिपक कुमार ठाकुर द्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा असोज १९ गते शुक्रवार संस्थागत सबै विद्यालय बन्द रहने जानकारी गराइएको छ ।
एनप्यावसनका जनकपुरधाम अध्यक्ष ठाकुरले भने, ‘नारीहरु कठोर उपवास बस्ने जितिया पर्वको अवसरमा हामिले समाजिक भावना अनुसार विदाको निर्णय गरेका बताएका छ्न ।















Discussion about this post