nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०८०, ८:४३ मध्यान्ह
राजा र राजसंस्था स्थापनाको माग गर्दै काठमाडौमा जनप्रर्दशन गर्ने तयारी

काठमाडौं/असोज १५ गते । शाही युवा शक्ति नेपालले राजा र राजसंस्था स्थापनाका लागि जनप्रर्दशन गर्ने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी असोज २० गते रत्नपार्कदेखि नारायणहिटीसम्म विशाल प्रदर्शन गर्ने बताईएको हो । उक्त प्रदर्शनमा स्वतस्फूर्त अनिवार्य सहभागी भइदिन आम जनतासँग अपील गरिएको छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनता अब राजाको पक्षमा खुल्न थालेको बताए । राजा ल्याएरै छाड्ने जनताको अठोट रहेको उनको भनाई छ । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिन अघि भक्तपुर जाँदा ५० हजारभन्दा धेरैले स्वागत गरेको उनको दाबी छ ।

राजा र राजसंस्था स्थापित गर्न जतना सडकमा आउन पर्ने उनले बताए । अहिलेको सरकार जनता सडकमा आउने हुन् कि भनेर डराइरहेको उनले बताए । राजसंस्था चाहियो भनेर एक लाखमात्रै जनता सडकमा आउने हो भने ज्ञानेन्द्रलाई पुनः राजा बनाउन सकिने उनको दाबी छ । विदेशीको इसारामा गणतन्त्रवादीहरुले राजसंस्था फालेको उनले बताए ।

राजा र राजसंस्थाबिना जनताहरु टुहुरो बनेको उनको भनाई छ । जनताको नाममा राजाले राजगद्दी र राजसंस्था त्याग्न तयार भएपनि गणतन्त्रवादीहरुले वडा अध्यक्षसम्म त्याग्ने साहस देखाउन नसकेको उनले टिप्पणी गरे । नेकपा (एस) की सचिव रामकुमारी झाँक्रीले मन्त्री पद त्याग्दा रोएको प्रसंग उल्लेख गर्दै उनले यो व्यवस्थालाई चाँडो दाहसंस्कार गर्नपर्ने बताए ।

‘रामकुमारी झाँक्री मन्त्री पद छोड्दा क्वाँक्वाँ रोईन् । यिनीहरुलाई पद र पैसा प्यारो छ । यिनीहरुको पछाडि लागेर हामीले गणतन्त्र घिसार्ने काम नगरौं ।’ उनले भने,‘जनतालाई नसोधी चोर बाटोबाट ल्याइएको गणतन्त्र हो । मरेको गणतन्त्र घोषणा गरिएको हो यो । यो गणतन्त्रको सिनो गनाइसक्यो । यो सिनोको चाँडो दाहसंस्कार गर्न आवश्यक छ ।’

जनताले हजारौं स्यालभन्दा एउटै सिंह (राजा) चाहियो भनिरहेको उनको बुझाइ छ । राजा चाहियो भन्ने जनताहरु अब सडकमा आउन आवश्यक रहेको उनले बताए । विना स्वार्थ राष्ट्रिय झण्डा बोकेर सडकमा आउन उनले आम नेपालीलाई आह्वान गरे । जनताको नाममा राजगद्दी र श्रीपेच त्याग गर्ने राजा विश्वमा कही पनि नरहेको बताउँदै उनले ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्नपर्ने बताए ।

नेपालको राजसंस्था नेपाली जनताको भएको बताउँदै उनले राजा र राजसंस्था फर्काउने कर्तव्य नेपाली जनताको भएको बताए । गणतन्त्रवादीहरुले देशलाई संघीयतामा लगेर टाट पल्टाएको उनको अरोप छ । नेताहरुले विदेशीको पैसा खाएर गणतन्त्रको पक्ष पोषण गरिरहेको उनको आरोप छ । साथै, विदेशीको ऋणको भरमा गणतन्त्र र संघीयता टिकिरहेको उनको भनाई छ ।

गणतन्त्र स्वीकार गरेर बसिरहनु भनेको नेपाली जनताले आफ्नो घाटी आफैंले काट्नु भएको उनको भनाई छ । उनले गणतन्त्रका राष्ट्रपति, प्रधानमन्त्रीको भन्दा बालेन्द्र शाहको अस्तित्व बढि रहेको बताए । राष्ट्रपति, प्रधानमन्त्री र संवैधानिक आयोगका पदाधिकारीलाई जनताले स्वीकार नगरेको उनको भनाई छ । नारायणहिटीमा रहेको श्रीपेच ज्ञानेन्द्र शाहलाई परि¥याउन नसकेसम्म देशमा समृद्धि नआउने उनको भनाई छ । अहिले धर्म निरपेक्षता र गणतन्त्रको नाममा अराजकता बढिरहेको उनको अरोप छ ।

‘धर्म निरपेक्षताको नाममा गाई काटिएको हेर्नुभन्दा, गणतन्त्रको नाममा देश बेचिएको हेर्नुभन्दा ज्ञानेन्द्र सरकारलाई हामीले चाँडोभन्दा चाँडो राजगद्दीमा पुनर्स्थापना गरौं । अनि बल्ल देश ट्रयाकमा हिड्छ । यो व्यवस्थाले जनता मारिरहेको छ,’– उनले भने ।

गणतन्त्र मान्ने पार्टी र व्यक्तिलाई उनले राष्ट्रघातीको संज्ञा दिए । आगामी असोज २० गते रत्नपार्कमा स्वतस्फूर्त राष्ट्रिय झण्डासहित उपस्थित हुन उनले सबै नेपालीलाई आग्रह गरे ।

‘अब आउने २० गते रत्नपार्कमा भेला होउँ । २०औं हजार मान्छे सहभागी होउन भन्ने मेरो अपेक्षा रहेको छ । त्यो मास नारायणहिटीमा गएर राजाले छोडेको श्रीपेच खोस्न सक्नुपर्छ ।’ उनले भने, ‘त्यसलाई लिन सक्नुपर्छ । श्रीपेच जनताको अधिकार हो । त्यो जनताको अधिकार प्रयोग गरेर राजालाई गद्दीमा ल्याउन पर्छ ।’

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य विश्वास भट्टले राजा राष्ट्र निर्माणका लागि अन्तिम र एकमात्रै विकल्प भएको बताए । उनले राजा प्रकृति भएको बताए । भविष्यमा आफ्नो संस्कृती र प्रकृतिको संरक्षका लागि पनि राजा आवश्यक रहेको उनको भनाई छ ।

त्यसैगरी अर्का वक्ता राजेश बोहराले अब शाही युवा शक्ति नेपालको संगठन स्कूल स्कूलबाट समेत सुरुवात गर्ने बताए । राजाविनाको देशमा संस्कृति, परम्परामा विचलन आएको उनको भनाई छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य पूर्ण छन्त्यालले राजा ल्याउनका लागि संगठित भएर अगाडि बढ्न पर्ने आवश्यकता औंल्याए । देशलाई समृद्ध बनाउन आफूले लोभ गर्न नहुने उनले बताए । आफूहरु नेता बन्न भन्दा पनि देश बचाउनका लागि राजा संस्था स्थपित गर्नका लागिपरेको बताए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामसुन्दर कार्कीले पार्टीहरुलाई भोट हालेर ठीक ठाउँमा पुर्याउन नसकेको बताए । दलहरुकै कारण आज नेपालीहरु नाजुक अवस्थामा रहेको उनको भनाई छ । आफू २०४६ सालमा कम्युनिष्टको सदस्यता लिएकार त्यसपछि नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेको बताउने कार्कीले राजानै अन्तिम विकल्प हो भन्ने लागेर शाही युवा शक्ति नेपालमा लागेको बताए ।

 

Discussion about this post

Related Posts

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि