असोज १२ गते। काठमाडौं जाँदै गरेका शिक्षक सवार विद्युतीय भ्यान बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मधेश प्रदेश ००१ ज ००६२ नं को उक्त भ्यान शुक्रबार बिहान अनियन्त्रित भइ दुर्घटना हुँदा काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन हिँडेका राहत, करार, बालविकास शिक्षकहरु घाइते भएका हुन् ।
घाइते सबैलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरु धेरैजसो कमलामाई नगरपालिकाका रहेका छन् । कमलामाई नगरपालिकाका नीरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका–१० का राजन कार्की, काभ्रे बनेपा–१० की गार्की बस्नेत रहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । चालक कमलामाई नगरपालिका–८ का तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post