असोज ११ गते । आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुन पाकिस्तानी टोली भारत पुगेको छ । पाकिस्तानी टोली बुधबार राति भारतको हैदराबाद पुगेको हो । पाकिस्तानी क्रिकेट टोलीले सात वर्षपछि भारतीय भूमिमा पाइला टेकेको हो । निकै कडा सुरक्षा ब्यवस्थाबीच पाकिस्तानी खेलाडीलाई विमानस्थलबाट होटेलसम्म पुर्याइएको थियो ।
विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । पाकिस्तानी टोलीले यसअघि सन् २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म भारतमा आयोजना भएको आईसीसी टी—२० विश्वकप खेलेको थियो ।
विश्वकपअघि पाकिस्तानी टोलीले भारतमा दुईवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानले पहिलो अभ्यास खेल सेप्टेम्बर २९ मा न्युजिल्यान्डसँग खेल्ने कार्यक्रम रहेको छ । तर, पाकिस्तान र न्युजिल्यान्डबीचको उक्त अभ्यास खेल दर्शकविहिन रंगशालामा खेलाइने छ ।




















Discussion about this post