असोज ९ गते। सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
सर्लाही जिल्लाको विष्णु गाउँपालिका-६ मा बीआर एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनितादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
गाउँकै कच्ची सडकमा पैदल हिँडिरहेको अवस्थामा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी सुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा पुऱ्याएपछि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकलसहित चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डल प्रहरीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।

















Discussion about this post