जनकपुरधाम/असोज ८ गते । जनकपुरधाममा राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक अभिनन्दन गरिएको छ ।
जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका हुन् । राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ ।
जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।

देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्व मेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरेका हुन् ।
राष्ट्रपति पौडेललाई भगवान रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईको आगमनले जनकपुरवासी हर्ष विभोर भएका छन् ।’ यस्तै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ।















Discussion about this post