सप्तरी/असोज ५ गते। सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा न.-३ सखडामा मंगल सदाको २६ वर्षिय छोरा छोटकन सदा झुन्डिएको अवस्थामा मृत फेला परेको हो।
बुधबार राती आफनै घरको धरईनमा साडीको पासो लगाई झुन्डि मृत्यु भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। घटना थाहा पाउनासाथ घटना स्थलमा प्रहरी पुगेको थियो।
युवकको शव परिक्षण पश्चात् परिवारको जिम्मा लगाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

















Discussion about this post