जनकपुरधाम/असाेज ५ गते। धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका १ लाख भन्दा बढीका सरसामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली र चाेरी पैठारी गरी ल्याएका विभिन्न किसिमका किराना सामाग्रीहरु, लत्ताकपडा गरी १ लाख २७ हजार ३०० सय मूल्य बराबरको समानहरू बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
विभिन्न स्थानबाट बरामद गरेको १ लाख बराबरको सरसमान भन्सार कार्यालय जनकपुरमा कारबाहीको लागि जिम्मा लगाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गाैतमले जानकारी दिएका छन् ।

















Discussion about this post