जनकपुरधाम/असाेज ४ गते। धनुषा प्रहरीले विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले असाेज ३ गते १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाइएको छ ।
जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

















Discussion about this post