असाेज ३ गते । बारामा पिकअप गाडीको ठक्करबाट माेटरसाइकल चालकको मृ त्यु भएको छ ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित बाह्र किलो भन्ने ठाउँमा पिकअप गाडीले माेटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निजगढबाट पथलैयातर्फ आउँदै गरेको प्र. न.३-०३-००१ प ००३९ नम्बरको माेटरसाइकललाई बिरगंजबाट बिराटनगर जाँदै गरेको प्र. न. -३-०१०-२२ च ३१९७ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.११ का २४ वर्षी निशान श्रेष्ठकाे मृत्यु भएको प्रहरीले बताए ।
प्रहरीको काे अनुसार दुर्घटनामा मृत्यु भएका श्रेष्ठकाे टाउकोमा गम्भीर चाेट लागेको र उपचारको लागि सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा उक्त माेटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवाकाे बायाँ हात र ढाडमा गम्भीर चाेट लागेको छ । उनको उपचार भइरहेको छ । ठक्कर दिने पिकअप गाडीका चालक काभ्रेको नमाेबुद्ध नगरपालिका वडा नं.२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई पक्राउ बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्याैपानेले जानकारी दिएका छन् ।














Discussion about this post