nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वैज्ञानिकले तोके पृथ्वीसँग उल्कापिण्ड ठोक्किन सक्ने सम्भावित मिति

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०८०, ६:१४ बिहान
वैज्ञानिकले तोके पृथ्वीसँग उल्कापिण्ड ठोक्किन सक्ने सम्भावित मिति

असोज ३ गते। पृथ्वीलाई यदि कुनै चिजबाट सबैभन्दा धेरै खतरा छ भने त्यो हो उल्कापिण्ड । एउटा उल्कापिण्ड ठोक्किंदा पृथ्वीबाट डाइनोसरको पूरै प्रजाति नै समाप्त भएको थियो ।

अहिले एउटा अर्को उल्कापिण्ड पृथ्वीतिर आइरहेको वैज्ञानिकहरुले बताउँदै आएका छन् । उनीहरुले उक्त उल्कापिण्ड पृथ्वीसँग कहिले ठक्कर खान्छ भन्ने सम्भावित मितिसमेत तोकेका छन् ।

पृथ्वीतर्फ आइरहेको भयानक उल्कापिण्डको नाम बेनू हो । यो उल्कापिण्ड आगामी ६ वर्षमा पृथ्वीको नजिक आउनेछ ।

वैज्ञानिकहरुका अनुसार १५९ वर्षपछि अर्थात् सन् २१८१ सेप्टेम्बर २४ मा उल्कापिण्ड पृथ्वीसँग ठोक्किंन सक्ने सम्भावना छ । उल्कापिण्ड-पृथ्वीको टकराव ११ वटा परमाणु बम विस्फोटनले निम्त्याउने ध्वंस बराबरको क्षमता हुनेछ ।

डेलीस्टारका अनुसार प्रलयको यो मिति अहिलेका लागि निकै टाढा छ । तर पनि अमेरिकी अन्तरिक्ष संस्था नासाले यसबाट बँच्ने तयारी सुरु गरिसकेको छ ।

उल्कापिण्डको दिशा परिवर्तन गर्न सकिन्छ भन्ने प्रयासमा नासा लागेको छ । हालै नासाको एउटा यान बेनू उल्कापिण्डबाट माटो तथा चट्टानको नमूना लिएर पृथ्वीतर्फ आइरहेको छ । सो यान सेप्टेम्बर २४ मा पृथ्वीमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यान अमेरिकाको उटास्थित ग्रेट साल्ट लेक मरुभूमिको कुनै स्थानमा अवतरण गर्नेछ ।

उल्कापिण्डबाट नमूना संकलन गरी फर्किएको नासाको क्याप्सुुल OSIRIS-REx  का परियोजना व्यवस्थापक रिस बन्र्सका अनुसार उक्त यान सोही कामका लागि सात वर्षअघि प्रक्षेपण गरिएको थियो । आफूहरु सो परियोजनाको अन्तिम चरणमा रहेको उनले बताएका छन् ।

बेनू उल्कापिण्ड पृथ्वीसँग ठक्कर खाएमा त्यसबाट हुने क्षति निकै भयानक हुने भएता पनि यस्तो ठक्कर खाने सम्भावना २७०० मा एक मात्रै रहेको उनको भनाइ छ ।

वैज्ञानिकहरुका अनुसार पृथ्वीबाट डाइनोसर युग समाप्त गरिदिने उल्कापिण्डको तुलनामा बेनु उल्कापिण्डको चौडाइ २० गुणा कम छ । तर पनि यदि पृथ्वीसँग त्यो ठक्कर खायो भने त्यसको विध्वंस कल्पनाभन्दा बाहिरको हुनेछ ।

जमिनमा मात्रै होइन यो उल्कापिण्ड समुद्रमा खस्यो भने पनि भयानक प्रलय हुनेछ । उक्त घटनामा विश्वका कैयौं जीववहरुको प्रजाति नै समाप्त हुनसक्छ । मानव इतिहासले हालसम्म नभोगेको भयानक प्रलय यसले उत्पन्न गर्नेछ ।

नासाका अनुसार पृथ्वीमा यो उल्कापिण्ड ठोक्किँदा १० किलोमिटर चौडा खाडल बन्नेछ । यो उल्कापिण्ड ठक्कर खाएको ठाउँको एक हजार किलोमिटर आसपासमा कुनै पनि चिज बँच्नेछैन र सबै ध्वस्त हुनेछ । यदि यो उल्कापिण्ड समुद्रमा खस्यो भने नतिजा झनै डरलाग्दो हुनसक्छ किनकि त्यसबाट भयंकर सुनामी उठेर आपपासका टापु तथा तटीय क्षेत्रहरुलाई ध्वस्त बनाउनेछ ।

सो उल्कापिण्डबाट नमूना लिएर आएको नासा यानमा रहेको OSIRIS-REx  क्याप्सुल एउटा सानो फ्रिज आकारको छ । यसभित्र २५० ग्राम माटो तथा चट्टानको नमूना छ । यो यानले सन् २०२० मै सो नमूना संकलन गरेको हो र त्यसपछि उसले पृथ्वीतर्फको यात्रा सुरु गरेको थियो । यो हाल ४५ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबेला यसले ज्वालामुखी विस्फोटको लाभाभन्दा दुईगुणा बढी तापक्रमको सामना गर्नुपर्नेछ । स्रोत-अनलाईन खबर बाट

 

Discussion about this post

Related Posts

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

वडादशैंको अवसरमा झिटकहियामा वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने

आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजान समिति गठन, युनेस्कोमा प्रतिवेदन बुझाइने

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक आधारमै निर्धारण गरिएको सरकारको दाबी

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

त्रिपुरेश्वरमा सवारी आगजनीमा मृत्यु भएका अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

ककपिटमा पाइलटबीच हानाहान भएपछि तेल अवीव जाँदै गरेको फ्लाई दुबई साउदी अरबमा अवतरण

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

गरुडा नगरपालिकाका कर्मचारीको १३ बुँदे माग, दसैंअघि तलब नदिए आन्दोलनको चेतावनी

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि