सप्तरी/असोज ३ गते । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृ त्यु भएको छ ।
सप्तरीको राजबिराज नगरपालिका वडा न. ९ मलेठ स्थित आफ्नो नानाको घरमा आएका सुनसरीको कोशी गाउँपालिका वडा न. ५ दुधगत बस्ने बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादवको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । नानाको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
उपचारका लागि बालकलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।
यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post