सप्तरी/भदौ २९ गते । सप्तरीको रुपनीमा विहीवार मध्यराती भएको सडक दुर्घटनामा श्रीमतीको मृ त्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छ्न।
रुपनीबाट राजविराजतर्फ आउने क्रममा राजविराज रुपनी सडकखण्डस्थित विधुत प्राधिकरण वितरण शाखा नजिकै स.४प. ५७६० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइलमा सवार रुपनी गाउँपालिका ३ कटैया निवासी ४० वर्षिया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागेका उनको स्थानीय युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा मोटरसाईकल चालक ४९ वर्षिय उनका श्रीमान् हरेराम मुखिया गम्भिर घाइते भएका छन् । उनको स्थानीय गजेन्द्रनारायण सिह अस्पतामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार मोटरसाईकल दुर्घटनाको कारण खुल्न सकेको छैन ।














Discussion about this post