भदौ २५ गते । एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
पर्साको ठोरी गाउँपालिका–४ विजयबस्तीमा सोमबार नेपाल–भारत सीमा नजिक उखुबारीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, स्थानीयले मृतकको पहिचान गर्न सकेका छैनन् । उनी विजयबस्ती टोलका होइनन् । घटनास्थल नेपाल भारत सीमा नजिक रहेको छ । स्थानीयले उखु बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रनि राइले बताए । प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा घाउ चोट तथा निलडाम आदि नपाइएको उनले बताए । शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।

















Discussion about this post