भदौ २५ गते। देशमा बेरोजगारी समस्या अनि आफ्नो परिवारको आर्थिक स्थिति नाजुक र परिवार तथा आफ्नो भविष्यको जिन्दगी सुन्दर बनाउने सपनालाई सजाउँदै बिदेशीएका कयौं नेपालीहरुले आफ्नो सपनालाई सपनाकै रुपमा छोड्दै सदाका लागि संसारबाट बिदा हुनु परेको तितो यथार्थत यी कानले सुन्दै आएको छ । त्यस्तै आफ्नो सपनालाइ सजाउँदै बिदेशी भुमि मलेशिया आएका र सुन्दर भबिस्यलाई सपनामा मै छोडेर अल्प आयु उमेरमा नै संसार छोडे रौतहटका पप्पु रामले।
प्रवासी देश मलेसियामा एक श्रमिकको निधन भएको छ। स्थायी घर रौतहट जिल्लाको राजदेबी नगरपालिका वडा न•६ मठ गाउँमा पर्ने रामजी रामको नाति राजिन्न्द राम चमारको २४ वर्षीय छोरा पप्पु राम चमारको निधन भएको छ ।
वहाँ ५ महिना देखी मलेशियाको पेनाङ्ग भन्ने ठाउँ मा क्याब सेवरण एसडिएन ( बिएचडी ) नामक कम्पनीमा काम गर्दै आइरहेका थिए। पप्पु रामले १ सेप्टेम्बर २०२३ समय बेलुका ८:४० मा बाटो काट्ने क्रममा कार दुर्घटनामा परि मृत्यु भएको जानकारी सङ्गसङै काम गर्ने र नेपालबाट वहाँको घरपरिवारले चमार कल्याण समाजको अध्यक्ष नन्दलाल राम चमारलाई जानकारी गराएको थियो । प्राप्त जानकारी अनुसार सो बिषयमा सङ्ग्ठनका महासचिव नेपाली राजदुतावासलाई जानकारी गराएर वहाँको सम्पुर्ण कागजी प्रक्रियाहरु आफुहरुले नेपाली दुतावासको समन्वयमा पुरा गरि चमार कल्याण समाज मलेशिया शाखाको पहलमा र नेपाली दूतावासको समन्वयमा निजको शवलाई हिजो ०९-०९-२०२३ मितिमा १२:०५ बजे नेपाल पठाएको बताइएको छ । नेपाल सरकारसँग क्षतिपुर्तिका लागि अपिल समेत गरेको जानकारी सङ्ग्ठनका महासचिव रामकिशोर महराले टेलिफोन मार्फत बताए ।
प्रवासी देश मलेशियामा कुनै पनि श्रमिकहरुको अकालमा मृत्यु नहोस भनी चमार कल्याण समाज मलेसिया शाखाले समय समयमा विभिन्न चेतना मुलक कार्यहरु गर्दै सारा चमार जातिहरुलाई एकिकृत गर्दै दु:ख,शु:खमा साथ दिईरहेको चमार कल्याण समाजका कोषाध्यक्ष रामदयाल राम,चमार र सुचना बिभागको सुनिल सङ्गम महराले जानकारी गराउदै गरेको हो।
यो सँगै सङ्ग्ठनका सचिव सुरेश राम,चमार र नियम तथा अनुसन्धान बिभागको प्रमुख राम बाबू महरा,चमार सह-सचिब राजेश्वर रबिदासको अनुसार नेपालका म्यनपावरहरुले विदेशमा कामदार पठाउदा दक्ष बनाएर पठाए।
यसरी नेपाली युवाहरु अकालमा मृत्युको सामना गर्नु नपर्ने भन्दै नेपाल सरकारले श्रमिकहरुका लागि पेन्सन पट्टाको ब्यवस्था हुनुपर्ने मांग पनि गर्नु भएको छ ।

















Discussion about this post