सर्लाही/भदौ २२ गते। वैदेशिक राेजगारीकाे प्रलोभन देखाइ विभिन्न व्यक्तिबाट रकम ठगेको आराेपमा सर्लाही प्रहरीले एकजनालाई प क्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका -११ का ४० वर्षीय मिनबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद उठाएककाे प्रहरीकाे दाबी छ ।
कार्की विरुद्ध वैदेशिक राेजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कार्कीलाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
यस आर्थिक वर्षमा वैदेशिक राेजगारीमा ठगी साइबर क्राइम तथा बैंकिङ कसुर आराेप लागेको १२ जनालाई काठमाडौं पठाइसकिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

















Discussion about this post