सर्लाही/भदौ २० गते । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ।
मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–३, का ४० वर्षीय कौशलकिशोर चौधरी रहेका छ्न। माछापालन गरिरहेको आफ्नै पोखरीमा पानी हाल्न गएका चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान ६ः३० बजेतिर पानी तान्ने मोटर चलाएर पानी पठाउन खोज्दा करेन्ट लागेर अचेत हुनुभएका चौधरीलाई उपचारका लागि बयलवासस्थित अमृत हेल्थ केयरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको कानुनि प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताउनुभयो छ।

















Discussion about this post