जनकपुरधाम। मधेश प्रदेशको राजधानी शहर जनकपुरमा क्रिश्चियन धर्मको प्रचार गर्दै धर्मान्तरण गराउने हिँडेका दुई जनालाई प्रचारप्रसार स्थलमा कालो मोसो दलेर प्रहरीमा बुझाईएको छ ।
जनकपुरस्थित हिन्दु सम्राट सेना नेपालद्वारा क्रिश्चियन धर्मको प्रचार गर्दै हिडेका सुनसरी जिल्लाको धरान उप महानगरपालिका वडा नं ८ घर भई हाल जनकपुर उपमहानगरपालिका वडा नं ७ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय दीपेन्द्र घिमिरे र ३२ वर्षीया धनसरी घिमिरेलाई बाइबल बोकेर प्रचार प्रसार गर्दै आएको बखत स्थानियले नियन्त्रणमा लिएर कालो मोसो दलेर प्रहरीमा बुझाएको हो ।
घर घरमा पुगेर क्रिश्चियन धर्मको प्रचार गर्दै गरेको बखत आज बिहान करिब ८ बजे जनकपुरको परिक्रमा रोड बल्वाटोल स्थित जनकपुर ट्रमा सेन्टर एरियाबाट अमित राउतको नेतृत्वको हिन्दु सम्राट् सेना नेपाल र स्थानिय हिन्दुवादी संघ संस्था सम्बद्ध युवाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर कालो मोसो दली प्रशासनलाई बुझाएको थियो । सनातनी हिन्दू धर्मको गलत व्याख्या र विश्लेषण गर्दै बाइबलका पाठहरु पढेर सुनाउँदै गरेको बखत उनीहरुलाई नियन्त्रणमा लिएको स्थानिय मञ्जु मण्डलले बताइन । नियन्त्रणमा लिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन ।

















Discussion about this post