महोत्तरी/भदौ १९ गते। महोत्तरीको सोनमा गाउँपालिकामा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ।
विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए। आज दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
आन्दोलित विद्यार्थीहरूले मोटरसाइकलमा आगजनी गरेपछि झडप भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।
उनका अनुसार विद्यार्थीहरू प्रहरीमाथि ढंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको हो। ढुंगामुढाबाट आधा दर्जन प्रहरी घाइते भएको बताइएको छ।

















Discussion about this post