जनकपुरधाम/भदौ १९ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामलाई साङ्गीतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि कार्तिक १७ गते भूमि लोक महोत्सव हुने भएको छ ।
आज भूमि मिडियाका संस्थापक निर्देशक रश्मि रञ्जन झाले पत्रकार सम्मेलन गर्दै पहिलो पटक जनकपुरधाममा लोक सांगितिक प्रस्तुति हुने भएको जानकारी दिएका छ्न । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ ।
साङ्गीतिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक् पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा महोत्सवको आयोजना हुन लागेको जनाइएको छ ।
मिडियाका अध्यक्ष झाका अनुसार लोक महोत्सवमा ख्याति प्राप्त सङ्गीत साधकहरूलाई जनकपुरधाममा भेलासमेत गराइनेछ । महोत्सवमा मधेश र मिथिलाको झल्को दिने गरी झरी, झिझिया लगायतका नृत्य समेत प्रस्तुत गरिने उनले बताए ।
निर्देशक झा को अनुसार महोत्सवमा विभिन्न स्टलहरूसमेत राखिने आयोजकले र यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक प्रस्तुति हुनेछ। महोत्सवमा करिब ३५ लाख खर्च हुने निर्देशक झाले जानकारी दिए।

















Discussion about this post