भदौ १७ गते। महोत्तरीमा सर्पको टोकाइबाट एक युवकको मृ त्यु भएको छ ।
जिल्लाको गौशाला नगरपालिका वडा नं. १२ पुरानो कन्तिबजारमा बस्ने भिखारी ठाकुरको ३८ वर्षीय छोरा विजय ठाकुरको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा राति ३ बजेतिर सर्पले घाटीमा टोकेको थियो । सर्पले टोकिसके पछि उपचारका लागि बर्दिवास सर्पदंश उपचार केन्द्रमा लगिएको थियोे ।
बर्दिवास सर्पदंश उपचार केन्द्रमा लगेपछि उपचारको क्रममा भेन्टिलेटरको आवश्यक परेपछि त्यहाँ एउटा मात्र भेन्टिलेटर भएकोले उपचार हुन नसकेपछी थप उपचारको लागि बर्दिवास जनसेवा हस्पिटलमा रेफर गरियो। उनलाई बर्दिबास जनसेवा हस्पिटलमा लग्न साथ हस्पिटलले मृत घोषणा गरेका थिए ।

















Discussion about this post