भदौ १७ गते । सर्लाही प्रहरीले भन्सार छलिका अवैध सरसामान सहित तीन वटा ट्रक सर्लाहीको हरिवनबाट नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका तीनवटा ट्रकमा दाल , चिनी , खानेतेल, मैदा, काजु, किसमिसलगायतका किराना सरसमान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ ।
प्रहरीले हरिवन बजारबाट ना ५ ख ७१८३, ना ५ ख १०८ र प्रदेश -२-०३ -००१ ख ७३६६ नम्बरको तीनवटा ट्रक र सरसामान सहित बरामद गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
बरामद गरिका सरसामानहरु आवश्यक कारबाहीको लागि भन्सार पठाउने तयारी भइरहेको प्रहरीले बताए ।

















Discussion about this post