लहान/भदौ ९ गते । सिराहाको पिप्रा प्र. ध.-१ हाल लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -१ बस्ने शिवचरण रामको सुपुत्र उदय कुमार राम ओभरसियर कोटामा मधेश प्रदेशमा प्रथम स्थान ल्याई समग्रमा दलितमाथिको हौसला बुलंद खडा गरेको छ।
।
जनता मावि मदैग्रीपति महोत्तरीमा अध्ययनरत उदयकुमार रामलाई सिटीइभिटी अन्तर्गत ( प्राविधिक शिक्षा ) लिएको परीक्षामा नि:शुल्क छात्रवृत्ति कोटामा प्रथम स्थान प्राप्त गरेको छ।
प्री डिप्लोमा इन्जिनियरिङ्गको प्रवेश परिक्षामा निशुल्क छात्रवृत्तिसहित उदयकुमार रामले ८८.८३ अङ्कले मधेश प्रदेशका दलित टप हुनु भएको छ।
“मेहनत परिश्रम कहिले खेर जादैन् ” मैले पढेँ अनुसारको नतिजा पाएको विद्यार्थी उदयकुमार रामले बताउनुभयो । यता , उनका बुवा शिवचरण राम भननुहुन्छ-” हामी दलित यदि पढाई लेखाइमा राम्रो गरेनौं- भने झनपछि पर्ने बताए ।
समाजिक दृष्टिकोणको हेर्ने नजरियाले दलितलाई सर्वप्रथम पहिलोस्थानमा शिक्षा , स्वास्थ्य हुनुपर्नेमा जोडदिन सम्पूर्ण दलितमा आग्रह गर्नु भएको छ।
जात विशेषमा जन्म लिएका कारण सामाजिक-आर्थिक उत्पीडनको चपेटामा परेका समुहलाई “दलित” भनेर हाम्रो समाजले भन्दै आएका छन् ।

















Discussion about this post