महोत्तरी/भदौ ७ गते । महोत्तरीमा बसको ठक्करबाट एकजनाको मृ त्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका ९, प्रकौलीमा मिट क्याम्पस जनकपुरको बसको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रकौलीका ३५ वर्षीय सन्तोष यादव रहेका छन् । ज.८प ९२६७ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको बा.२क १५३६ नम्बरको क्याम्पसको बसले सन्तोषलाई ठक्कर दिएको थियो । बिहान साढे ११ बजे भएको दुर्घटनामा घाइते भएका सन्तोषलाई उपचारका लागि जलेश्वर प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले सडकमा अवरोध पुर्याएर प्रदर्शन गरेका छन् । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर राखिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । बस प्रहरी नियन्त्रणमा छ ।














Discussion about this post