सुजीतकुमार झा/जनकपुरधाम/भदौ ७ गते। मैथिल भाषा, साहित्य कला संस्कृतिका लागि कार्य गरिरहेका देशका अग्रणी संस्था मध्येका मैथिली विकास कोषको चारतल्ले घर निर्माण भइरहेको छ । साढे ४ करोड रुपैयामा निर्माण भइरहेको सो घरका लागि खर्च हुने सम्पूर्ण रकम मधेश सरकारले सहयोग गरेको छ ।
जनकपुरधाम वडा नम्बर ८ स्थित निर्माण भइरहेको सो घरको ३ तल्लाको कार्य भइसकेको छ भने यही आर्थिक वर्षमा एक तल्ला अझै निर्माण गरिने मैथिली विकास कोष जनकपुरधामका अधयक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन् । ५ कट्ठा जमीनमा सो घर बनि रहेको छ ।
सो घरमा कोषका कार्यालय, पुस्तकालय, आर्ट ग्लालेरी, रेकर्डिगं स्टुडियो, संग्रहालय, कन्फ्रेन्स हल रहनेछ । घरमा एकातिर तल्ला थप्ने कार्य भइरहेको छ भने अर्कोतर्फ जुन निर्माण भइसकेको छ त्यसको फिनिसिंग भइरहेको छ । कोष जनकपुरधाममा तीनपटक मैथिली भाषाको अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ भने नाटक महोत्सव, पुस्तक प्रकाशन, पुरस्कार वितरण लगायतका कार्यहरु गरिरहेको छ ।
मैथिलीका वरिष्ठ साहित्यकार रोशन जनकपुरीले भाषा, कला संस्कृतिका लागि नमूना भवन बनिरहेको छ यसले एकातिर सुविधा सम्पन्न कार्य भइरहेको छ भने अर्को तर्फ यसमा विभिन्न कार्यक्रम हुने वताए । सो भवन गत दूई वर्षदेखि बनिरहेको छ । एक वर्ष अझै लाग्ने कोषले जनाएको छ ।
मैथिली भाषा र साहित्यको प्रारम्भिककाल नै सातौँ शताब्दीको उत्तराद्र्ध र आठौँ शताब्दीको पूर्वाद्धमा ज्योतिरीश्वर ठाकुरद्वारा लिखित वर्णरत्नाकरलाई आधार मानिएको छ ।
यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडिया र नेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल त्यति नभएपनि यसको स्वर्णीम इतिहासलाई नकार्न नसकिने कोषका अध्यक्ष चौधरीले वताए ।

















Discussion about this post