nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : मुहान रसाएपछि राहत

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ७, २०८०, ११:५२ बिहान
महोत्तरी : मुहान रसाएपछि राहत

महोत्तरी/भदौ ७ गते। पानीबिना छट्पटाएका यहाँका सर्वसाधारणलाई अब बल्ल राहत मिलेको छ । गत साउन अन्तिम साताको वर्षाले प्रशस्त चिस्यान बनेर भदौ लागेपछि पनि पानी परिरहेपछि पानीका स्रोतका मुहान रसाउँदै आएपछि राहत मिलेको हो ।

अहिले भदौ पहिलो साता बित्दै गर्दा यसअघि सुकेका इनार र चापाकल चल्न थालेका छन् । त्यसैगरी खोल्साखोल्सीका मुहानमा पानी रसाएर बढ्दै गएपछि अब खानेपानीको सङ्कट टर्दै गएको यहाँका सर्वसाधारणको भनाइ छ । “बस्तीका सबै चापाकल र इनार सुकेर खानेपानीको हाहाकार परेको थियो”, भङ्गाहा–४ रामनगरका २५ वर्षीय सद्दाम राइन भन्नुहुन्छ, “अब सबैजसो इनारमा पानी भरिँदै आएको र चापाकल पनि चल्न थालेका छन् ।”

गत साउन तेस्रो सातासम्म पानी नपर्दा आफ्नो बस्तीका एक सय ५० चापाकल र ५० भन्दा बढी इनार सुकेर खानेपानीकै हाहाकार परेको राइनले सम्झनुभयो । “अब पानी राम्ररी रसाएको छ, लगातार अडिलो पानी परिरहेको हुँदा प्रशस्त चिस्यान छ, अब यो वर्षलाई खानेपानीकै सङ्कट नपर्ला”, राइनकै छिमेकी रामबाबु महतोले विश्वस्त हुँदै भन्नुभयो ।

गत साउन अन्तिम साताको वर्षाले ठाउँठाउँमा कच्चीघर लडाएर दुःख दिए पनि भदौ लागेपछि मन्द वर्षा भइरहँदा खानेपानीका स्रोतका मुहान रसाएर भरिँदै आएका छन् । भदौ पहिलो साताको वर्षाले रूख बिरुवा, भदैया (भदौरे) तरकारीका बोट÷लहरा र धानकै रोपो पनि लहलहाएको देखिदा सन्तोस लाग्ने गरेको किसान बताउँछन् । पछिल्लो वर्षा उखु, कोदो, हिउँदे तीलसहितका बालीलाई अमृत नै बनेको बर्दिवास नपा–९ पशुपतिनगरका ४० वर्षीय अमृतकुमार महतोको भनाइ छ ।

“पछिल्लो लगातारको वर्षाले इनार, चापाकल र बोरिङसहितका पानीका स्रोतका मुहान राम्ररी रसाएका छन्”, भङ्गाहा–४ थारुटोल वनराका ७० वर्षीय किसान रामधारी सिंह थारू भन्नुहुन्छ, “अहिलेको पानी पराइ मन्दमन्द र अडिलो भएको हुँदा बालीलाई अमृत सरह बनेको छ ।”

यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती चुरे र यसका शृङ्खलाबाट निस्कने नदी, खोल्साखोल्सी र झोराहरुमा अब पानी रसाउँदै आएका यस भेगका बासिन्दाको भनाइ छ । बर्दिबासका १४ मध्ये १० बस्ती र गौशाला नगरपालिकाका उत्तरवर्ती १० भन्दा बढी बस्तीहरुमा जडित खानेपानीका धाराको स्रोत यिनै नदी, खोल्साखोल्सी र झोरा हुन् ।

लामो खडेरीले यस्ता स्रोतका मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार बढ्दै गएको थियो । साउन अन्तिम साता प्रारम्भसँगै पर्न थालेको पानीले अब मुहानमा राम्ररी पानी रसाएको हुँदा भण्डारण टङ्कीमा पानीको अभाव नहुने बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव उदयबहादुर भण्डारी बताउनुहुन्छ ।

“पछिल्ला बितेका झन्डै चार महिना (वैशाखदेखि साउन तेस्रो सातासम्म) धेरै कष्टमा बिते, भण्डारण टङ्की रित्तिने डर थियो, धेरै दुःखले पानीको जोहो गरियो”, भण्डारी भन्नुहुन्छ, “अब पछिल्लो वर्षाले नदी, खोल्साखोल्सी र झोराका मुहानमा पानी राम्ररी रसाएको छ, खानेपानीको कमी अब हुँदैन ।”

यसपालि जिल्लाका सुदूर उत्तरवर्ती र मध्यउत्तरवर्ती भेगमा मात्र नभई मध्य र दक्षिणवर्ती भेगमा पनि खानेपानीको हाहाकार परेको थियो । भारतीय सीमासँग जोडिएको जिल्ला सदरमुकाम जलेश्वरमै केही दिन चापाकल सुक्दा ट्याङ्करबाट पानी ओसारेर घरघरमा खानेपानीको जोहो गर्नुपरेको जलेश्वर–२ का वडाअध्यक्ष बरुण दाहाल सम्झनुहुन्छ ।

साउन तेस्रो सातासम्म जिल्लामा २५ प्रतिशत नपुगेको रोपाइँ अब झन्डै ५० प्रतिशत नाघेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसपालि लामो खडेरीले ब्याड राख्ने समयदेखि नै किसानले पानीको अभाव खेप्दै आएका थिए । ढिलो वर्षा हुँदा बीउ र जनशक्तिको अभाव खेप्दै किसानले निकै हन्डरले साउन अन्तिम साता र अहिले भदौ पहिलो साता बित्दै गर्दा पनि टाढाटाढाबाट धानको खरुअन (कलम) खोज्दै धान रोप्दैछन् ।

स्थानीय जातको धानको खरुअन (बीउ रोप गाँजिएपछि त्यो उखलेर फेरि रोपिने बीउलाई खरुअन भनिन्छ, कलम) भेट्टाइँदा मध्य भदौसम्मै रोप्न सकिने पाका किसान बताउँछन् । अब खेतका गरा पानीले टन्न भरिएका हुँदा अन्य सुक्खा बाली लाउन पाइने छाँट नभएपछि टाढाटाढासम्म खरुअन खोजेर भए पनि धान रोप्न बल गरिएको बलवा–१० धमौराका काशिम राइन बताउनुहुन्छ ।

जिल्लामा कूल करिब ७१ हजार हेक्टर कृषियोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । करिब ९० प्रतिशत जग्गा आकासे पानीकै भरको हुँदा यसपालि लामो खडेरीले धान रोपाइँ पछि परेको हो ।

पछिल्लो वर्षाले अब नदी किनारका उकास चउरमा घाँस पलाएपछि गाईवस्तुको चरन हुने किसानको भनाइ छ । यसैगरी आँप, लिचीसहितका फलपूmलका रूखमा लागेका जालो, हाँगापातका कालो धब्बा वर्षाले पानीले पूरै पखालिँदा यस्ता बोट चहकिला देखिएका छन् । यो वर्षाले खुल्ला चउर, कच्ची सडक र हाटबजार क्षेत्रको धुलो मज्जाले भिजाएको हुँदा अब धुलो नउड्ने सर्वसाधारण बताउँछन् ।-रासस

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि