nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा चार दशकमा दोब्बर जनसङ्ख्या

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३, २०८०, ८:४४ मध्यान्ह
महोत्तरीमा चार दशकमा दोब्बर जनसङ्ख्या

महोत्तरी/भदौ ३ गते । महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कले सो अवधिमा जनसङ्ख्या झन्डै दोब्बर देखाएको हो ।

विसं २०३८ मा जिल्लाको जनसङ्ख्या तीन लाख ६१ हजार ५४ रहेकामा २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ पुगेको तथ्याङ्क कार्यालयले जनाएको हो ।

उक्त जनसङ्ख्या २०३८ सालकोभन्दा दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ । पछिल्लो जनसङ्ख्यामा महिला तीन लाख ५७ हजार आठ सय ३५ (५० दशमलव ६७ प्रतिशत) र पुरुष तीन लाख ४९ हजार एक सय ५९ (४९ दशमलव ४० प्रतिशत) रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रामाणिक अभिलेखलाई उद्धृत गर्दै कार्यालय प्रमुख श्याम साहले बताए ।

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या भएका जातिगत समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर, चमार, खत्वे र पासवान रहेका छन् । तथ्याङ्कअनुसार यादव एक लाख १० हजार सात सय २९ (१५ दशमलव ६६ प्रतिशत), मुस्लिम एक लाख सात हजार तीन सय ७३ (१४ दशमलव ६९ प्रतिशत), धानुक ४५ हजार दुई सय ५१ (छ दशमलव चार प्रतिशत), कोइरी ४० हजार तीन सय ८१ (पाँच दशमलव ७१ प्रतिशत), तेली २९ हजार नौ सय ५३ (पाँच दशमलव ७१ प्रतिशत) र मुसहर २७ हजार तीन सय ५२ (तीन दशमलव ८७ प्रतिशत) छन् । यसैगरी कम जनसङ्ख्या रहेका जातिगत समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन् ।

यसैगरी बेलदार ११, कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८/१८, लिम्बू २०, जैन २६, राजवंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन् । यिनमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार पाँच सय १३ (८२ दशमलव ६७ प्रतिशत) छन् ।

यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार नौ सय १४ (१५ दशमलव ५४ प्रतिशत), बौद्ध परम्परामा १० हजार नौ सय ५३ (एक दशमलव ५५ प्रतिशत), इसाइ एक हजार एक सय ३७ (० दशमलव १६ प्रतिशत), प्रकृति दुई सय ३० (० दशमलव ०३ प्रतिशत), किरात दुई सय १९ (० दशमलव ०३ प्रतिशत), जैन २६ (० दशमलव ००३ प्रतिशत) र सिख दुई जनामात्र अर्थात् (० दशमलव ०००३ प्रतिशत) राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

जिल्लामा जम्मा एक लाख ४० हजार सात सय ३० घर छन् । जसमा ७९ प्रतिशत आवास, सात दशमलव ०७ प्रतिशत गोठ, धन्सर, मतान, व्यापार प्रयोजनका तीन दशमलव ०१ प्रतिशत छन् ।

जिल्लाको कूल साक्षरता प्रतिशत ५९ दशमलव आठ रहेकामा पुरुष साक्षरता ६८ दशमलव चार र महिला ५१ दशमलव प्रतिशत रहेका छन् । जिल्लाको पछिल्लो दशकको जनसङ्ख्या वृद्धिदर एक दशमलव १४ प्रतिशत र लैङ्गिक अनुपात ९७ दशमलव ५८ प्रतिशत रहेको प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।-रासस

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि