सप्तरी/भदौ २ गते। हुलाकी सडक निर्माण कार्यलाई पूर्णता दिन राजविराजस्थित कंचानपुर रोडको दायाँबायाँ बनाइएको भौतिक संरचना शनिबारदेखी डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
दुई साता अघि राजविराज नगरपालिकाको वडा नं. ६ र ७ मा पर्ने सिरहा रोड आसपासका संरचना भत्काएको नगरपालिकाले शनिबारदेखी राजविराज ३ र ८ वडाको बीचमा रहेको कंचनपुर रोड आसपासको संरचना भत्काउन सुरु गरेको हो ।
हुलाकी सडक राजविराज बजार क्षेत्र हुँदै निर्माण हुने भएकोले सो कार्य अतिक्रमित संरचनाका कारण रोकिएकाले ७ दिने सूचना मार्फत खाली गर्न आग्रह गरिएको थियो । सो आग्रहलाई पनि वेवास्ता गरिएकाले बाध्य भई डोजर चलाउनु परेको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले बताईन् ।
उनले कंचनपुर रोडमा दायाँबायाँ ७.५÷७.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको जानकारी दिँदै छिटै बजार क्षेत्रमा रोकिएको हुलाकी सडक निर्माण कार्यलाई तिब्रताका साथ पूर्णता प्रदान गरिने बताइन् । तीन वडा डोजरसहित नगरपालिकाका कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थए । हुलाकी सडक निर्माण गर्नका लागि राजविराज नगरपालिकाको वडा ३, ६, ७ र ८ मा पर्ने सिरहा रोड र कंचनपुर रोड हुने गरि नक्सांकन भएको छ ।

















Discussion about this post