nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बास्तुअनुसार घरमा कस्तो बोटबिरुवा लगाउने? जानी राखौं

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १, २०८०, १२:१४ मध्यान्ह
बास्तुअनुसार घरमा कस्तो बोटबिरुवा लगाउने? जानी राखौं

ज्यो. विवेक पाण्डेय 

पृथ्वीभर नै बोटबिरुवाको धेरै नै महत्त्व छ। बोटबिरुवाले वातावरणलाई स्वच्छ बनाउँछ। तर कुनै-कुनै बिरुवा बास्तु अनुसार घरमा लगाउन हुन्छ भने कुनै-कुनै बिरुवा घरमा लगाउन हुँदैन।

घरमा वरिपरि लगाइएका बोटबिरुवाहरुले सकरात्मक र नकरात्मक प्रभाव पारिरहेका हुन्छन्। घर वरिपरि राम्रो बोटबिरुवा लगाइयो भने सबै कुरामा सफलता मिल्छ।

तर गलत बोटबिरुवा लगाइयो भने पारिवारिक झगडा, काममा असफलता, अस्वथता र आर्थिक अभाव जस्ता नकरात्मक कुरालाई निम्त्याउँछ। त्यसैले घर वरीपरी लगाउने बोट बिरुवाबारे जानी राख्नु आवश्यक हुन्छ।

कुन-कुन बिरुवा घरको वरिपरि लगाउने त ?

१ . तुलसी

धार्मिक मान्यताअनुसार घरमा तुलसीको विरुवा हुनु अत्यन्त शुभ मानिन्छ। वास्तु तथा ज्योतिषिय शास्त्र अनुसार पनि घरमा तुलसीको विरुवा रोप्नु अत्यन्त लाभप्रद हुन्छ। तुलसी घरको अगाडि रोप्नुपर्छ।

तुलसी घरमा रोप्दा कस्तो फाइदा हुन्छ त ?
– घरमा झगडा कम हुने विश्वास गरिन्छ।
– छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मालिस गर्दा फाइदा गर्छ।
– तुलसीको पातको रसमा ज्वानो मिसाएर खाँदा पेटको जुकालाई मार्छ।
– तुलसीको पातको रस सुत्नुभन्दा अगाडि अनुहारमा लगाउँदा डन्डिफोरबाट छुटकारा मिल्छ।
– कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ।

२. मनी प्लान्ट

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ। धार्मिक मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ।

वास्तुशास्त्रअनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ। मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ। कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन। उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा मनिप्लान्ट लगाउँनु अत्यन्तै अशुभ मानिन्छ।

घरमा मनी प्लान्ट लगाउँदा के–के फाइदा हुन्छ त ?
–दाम्पत्य जीवनमा सुख हुन्छ।
–मनी प्लान्ट जति हरियो र अधिक पातहरु हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ।
–घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ
–मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ।
–घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ।
–मनी प्लान्टले डिप्रेसन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ।

३. अमला

नेपालमा पाइने एक किसिमको फल हो। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ। अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ।

भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ। घरको उत्तर दिशामा अमला रोप्दा शुभ मानिन्छ।

घरमा अमला रोप्दा हुने के–के फाइदा हुन्छ त ?
– प्रत्येक दिन एउटा अमला खानाले कब्जियत, ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ।
– शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ।
– किड्नीसँग सम्बन्धित रोगहरु लाग्दैनन्।
– दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरु लाग्न पाउदैनन्।
– दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ।

४. घिउकुमारी

घिउकुमारी अति उपयोग वनस्पति हो। औषधीय गुणको घिउकुमारी आयुर्वेदमा पनि प्रयोग हुन्छ। यो स्वास्थ्य र सौन्दर्य दुवैमा प्रयोग गर्न सकिन्छ। घरको अगाडि बाँया तिर घिउकुमारी रोप्दा घरमा सम्पती आर्जन हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ।

घरमा घिउकुमारी रोप्दा हुने के के फाइदा हुन्छ त ?
– अनुहार सम्बन्धि विभिन्न समस्या हट्छ।
– सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्छ।
– एलोभेराले रातको समयमा अक्सिजन दिन्छ।
– अनिद्राको समस्या हटेर जान्छ।

५. सुगन्धित फूलहरु

फूलहरु घर वरिपरि रोप्दा फूलेको फूल देख्दा मन नै आनन्द बनाउँछ। फूलले घरको वातावरण शुद्ध बनाउँछ र रोग लाग्दैन। फूल देवीदेवतालाई पनि प्रिय लाग्ने भएकोले धार्मिक दृष्टिकोणले पनि घरको वरिपरि फूल रोप्नु शुभ मानिन्छ। कुन दिशामा कुन फूल रोप्ने ?
घरको पूर्व दिशामा काँडा नभएको रातो फूल रोप्दा शुभ मानिन्छ।

यस्तै पश्चिम दिशामा चमेली, घण्टीफूल, बाबरी, रातो केबरा, केराफूल, धूपी, मेथी, हलेदो, सयपत्री, सर्पगन्धा, लूँडे, चिरैतो, छत्तिवन, जटामसी, जेठीमधु, टिमुर, तितेपाती, द्रोणपुष्पी, कुश, उसिर, अश्वगन्धा लगायत फूल तथा वनस्पती लगायत रोप्न सकिन्छ।

 

Discussion about this post

Related Posts

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धनुषाको गोबराहीमा एनसेल मोबाइल टावर स्थापना गर्न माग, सन्तोष यादवद्वारा ज्ञापनपत्र

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

धारा १६८(२) अनुसार सरकार गठन हुन नसके १६८(३) को प्रक्रिया अघि बढाउनुपर्छ : मुहम्मद नईम राइन

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

जनकपुरधाममा २ दिने प्रदेशस्तरीय बाल भेला तथा बाल क्लब सञ्जाल गठन र र क्षमता विकास कार्यशाला कार्यशाला शुरु

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

महोत्तरी : उखुबारीमा ६५ वर्षीया महिलाको शव फेला, हत्या भएको हुन सक्ने आशंका

प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेमिका भेट्न गएका युवक मृत फेला

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु, व्यवस्थापनका लागि विभिन्न समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि, मधेश प्रदेश अधिवेशन १४ गते जनकपुरमा हुने : विमलेन्द्र निधि

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

सामुदायिक शिक्षा सुधारको जिम्मेवारी स्थानीय तहले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि