सप्तरी/श्रावण ३२ गते। सप्तरीमा दुई दिनमा दुई युवक झुण्डिएको अवस्थामा मृ त फेला परेका छन् ।
सप्तरी प्रहरीका अनुसार बुधबार जिल्लाको हनुमाननगर कंकालिनि १ स्थित भारदह टोल बस्ने १६ वर्षिय दिपक कुमार साह झुण्डिएको अवस्था फेला परेका छन् ।
घरमा कोही नभएको बेला सुत्ने कोठाको धरेन बलोमा साडिको पासो लगाइ झुण्डिरहेको अवस्थामा देखिएपछि तत्कालै उपचारका लागि लैजान खोज्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लाको कंचनरुप नगरपालिकामा वडा नं. ४ कविलासा टोल निवासी १७ वर्षिय घनश्याम मण्डल झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार घरमा कोहि नभएको बेला सुत्ने कोठाको सिलिङ पंखामा गलबन्दी सँगै प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । दुबै घट्नाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ।














Discussion about this post