जनकपुरधाम/श्रावण ३२ गते । धनुषाको मिथिला नगरपालिका २ विशालबजारस्थित जनकपुर– ढल्केवर सडक खण्डमा एक युवक मृ त फेला परेका छन्।
आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ। घटना के कसरी भयो भन्ने विषयमा राजमार्गमा लागेको सिसीटसभी फुटेज हेरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए।














Discussion about this post