जनकपुरधाम/श्रावण ३२ गते । महोत्तरीमा ट्याक्टरले खेत जोतिरहेका बेला ट्याक्टर पल्टिदा किचिएर चालकको मृ त्यु भएको छ ।
बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरले खेत जोतिरहेका बेला ट्याक्टर पल्टिदा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्रको किचिएर मृ त्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
स्थानीयले उद्धार गर्ने प्रयास गरेपनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post