जनकपुरधाम/श्रावण ३० गते । धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गा.पा.५ समुन्द्रि घाटबाट लागु औषध सहित एक जना प क्राउ परेको छ।
मंगलबार बिहान सात बजेको समयमा धनुषा जिल्लाको मुखियापट्टि मुसहरनिया गा.पा.५ समुन्द्रि घाट स्थितमा प्रहरी चौकी बहेडा वेला धनुषाबाट पहरी नायब निरिक्षकको कमाण्डमा खटिएको चेकिङ्ग टोलीले भारत बाट नेपाल तर्फ पैदल शंकास्पद रुपमा हिडिरहेको व्यक्तिलाई शंका लागी चेक जाच गर्ने क्रममा लागु औषध सहित पक्राउ गरेको छ ।
भारतको विहार जिल्ला मधुवनि ग्राम विर्ता पर्सा ८ बस्ने वर्ष १९ को मुकसेद नदाफले बोकेको कालो झोलामा कोडीवेल लेखिएको १०० एमएल को सिरप १९ वोतल,नाईट्रोजेपाम १० मिली ग्राम लेखिएको ट्यावलेट ३०० पिस (८पत्ता) र सेम्पैक्स लेखिएको ट्याबलेट १४४ पिस (६पत्ता लागु औषध फेला पारी लागु औषध सहित निज मुकसेद नदाफलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायब उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

















Discussion about this post