श्रावण २९ गते । धनुषा प्रहरीले ठगी मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला महोत्तरी पशुपतिनगर गा.बि.स. वडा नं. २ हाल बर्दिबास न.पा. वडा नं. ९ बस्ने सुबोध सिंहको छोरा को देव नारायण सिंहलाई पक्राउ गरिएको हो।
धनुषा जिल्ला अदालतको मिति २०७५ साल पुस १८ गते ठगी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकोमा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित धनुषा जिल्ला अदालत उपस्थित गराईएको छ ।

















Discussion about this post