nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशका जिल्लाहरुमा फैलिँदै डेंगु सङ्क्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, ११:३७ बिहान
मधेश प्रदेशका जिल्लाहरुमा फैलिँदै डेंगु सङ्क्रमण

श्रावण १८ गते । मधेश प्रदेशमा डेंगु रोगका सङ्क्रमण फैलिन थालेको छ । प्रदेशको सबैजसो जिल्लामा डेंगु सङ्क्रमणका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जानकारी दिएको छ । बालबालिकादेखि वृद्धवृद्धामा यो रोग देखिएको बताइएको छ ।

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. सञ्जिवकुमार झाले साउनको सुरुवातयता २२ जनामा डेंग सङ्क्रमण पोजेटिभ देखिएको बताउनुभयो । उहाँले अहिलेसम्म स्थानीय तहबाट यतिजनाको मात्र तथ्याङ्क प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘स्थानीय तह तथा नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका एवम् उपचारमा रहेका बिरामीको तथ्याङ्क सङ्कलनका लागि कर्मचारी परिचालन गरिएको छ । साथै सङ्क्रमण बढ्न नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत लामखुट्टेका लार्भा खोजी गरेर नष्ट गर्ने काम भइरहेको छ ।

धनुषाको ढल्केवरका चिकित्सक सुरेन्द्र महतोले सरकारी तथ्याङ्कभन्दा डेंगु रोगका बिरामीको सङ्ख्या निकै बढी भएको बताउनुभयो । उहाँले यही ठाउँमा १० दिनको अवधिमा १४ जनामा डेंगु सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसपाली मधेश प्रदेशका जिल्लामा वर्षा कम भएकाले यो सङ्क्रमण अहिलेसम्म नियन्त्रणमा छ । वर्षा भएपछि बढ्न सक्छ । वर्षाको पानी खाल्डाखुल्डी, नाला, खेतबारीलगायत जताततै जमेपछि लामखुट्टेमा सङ्ख्या वृद्धि हुन्छ । लामखुट्टे बढेसँगै डेंगु रोगका सङ्क्रमित पनि बढ्नसक्छ । स्थानीय सरकार र स्वयम् जनता आफैँ नियन्त्रणको उपायमा लागेन भने यसले भयावहरुप लिने चिकित्सक महतोको भनाइ छ ।

प्रादेशिक अस्पताल जनकपुरधामका ओपिडी शाखाका प्रमुख मनिषकुमार पाण्डेयले भयावहको स्थिति नभएपनि विगत एक महिनादेखि दिन बिराएर दुई–तीन जनामा यो सङ्क्रमण देखिने गरेको बताउनुभयो । उहाँले भर्ना गरेर उपचार गर्नुपर्ने जस्ता जटिल बिरामी नदेखिएको बताउँदै स्वास्थ्य जाँचपछि घरमै बसेर स्वास्थ्य लाभ लिइरहेको जानकारी दिनुभयो ।

मधेश सरकारका स्वासथ्य तथा जनसङ्ख्या मन्त्री विरेन्द्रप्रसाद सिंहले बिरामीको स्वास्थ्य उपचार  र डेंगु सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो । उहाँले प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालयमा औषधि व्यवस्थापन गरिएको र लामखुट्टेका लार्भा नष्ट गर्न स्वास्थ्य क्षेत्रका कर्मचारी खटिएको जानकारी दिनुभयो ।

डेंगुका सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालका अधिकारीहरुलाई गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको मन्त्री सिंहले बताउनुभयो ।

उहाँले डेंगुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पतालमा वा स्वास्थ्य संस्थामा गएर चिकित्सको सल्लाहअनुसार उपचार गराउन र घर वरपरको वातावरणमा पानी जन्म नदिन, लामखुट्टेको लार्भा विकास हुने स्थान खोजेर नष्ट गर्न सबैलाईलाई आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामका प्रयासमा मधेश प्रदेशका स्थानीय तह गम्भीर नदेखिएको गुनासो स्थानीयले लगाएका छन् । 

Tags: मधेस प्रदेश खबरस्वास्थ्य

Discussion about this post

Related Posts

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधामलाई देशकै प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाइने : मुख्यमन्त्री यादव

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा जाने तयारीमा एमाले

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

विश्व वातावरण दिवसमा संस्कृति विद्या मन्दिरको सचेतना र्‍याली, विद्यार्थीद्वारा वातावरण संरक्षणको सन्देश

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

भ्रामक प्रचारको प्रधानाध्यापक पवन मण्डलद्वारा खण्डन, विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

जनकपुरधाममा भोलि (शुक्रबार) ‘मिस नेपाल’ २०२६ को लागि अडिसन हुने

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभी सँगै अब स्टेडियम घरमै

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा तालाबन्दी,६५० भन्दा बढी विद्यार्थीको पढाइ प्रभावित

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

महोत्तरीमा डकैतीको आतंकः प्रतिवाद गर्दा दम्पतीमाथि गोली प्रहार

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

जनकपुरधाम उपमहानगरको इन्धनदेखि विभिन्न सुविधामै करोडौँ खर्च

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!