जनकपुरधाम/श्रावण १५ गते। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।योसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको छ ।
मधेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आफै संग राखिरहेको दुई मन्त्रालयहरुमा कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त गरेका छ्न ।
नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद विस्तार गरेको हो । योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ भने जसपाबाट बिना विभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् ।















Discussion about this post