सप्तरी/श्रावण १४ गते। सप्तरीको राजविराज वडा नं. ७ का दुई जना कारोबारी ठगि तथा अपराधिक विश्वासघात मुदामा पुर्पक्षका लागी कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहका अनुसार कारागार चलान हुनेहरुमा ६४ वर्षिय रमा प्रसाद साहु र ६६ वर्षिय हेम नारायण झा छन् ।
प्रवक्ता डिएसपी नरेश कुमार सिहका अनुसार साहुले १८ लाख तथा झाले २५ लाख धरौटी रकम बुझाउन नसक्दा शुक्रवार सप्तरी जिल्ला अदालतको आदेशले राजविराज कारागार चलान भएका हुन् ।
शुक्रवार अबेर साँझ सम्म चलेको थुनछेक वहस पछी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार चलान गरिएको हो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा श्रीराम कृष्ण यादव, कौशल्या देवी र सुनिता देवी साहको जाहेरीको आधारमा साहु विरुद्ध ठगी तथा अपराधिक विरुश्वासघात मुदा चलाइएको थियो ।
यस्तै हरिनारायण रजक, मो.तजमुल मियाँ र कौशल्या देवीको जाहेरीमा झा विरुद्ध पनि सोही मुद्दा चलाइएको प्रहरीको भनाई छ ।

















Discussion about this post