nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०८०, ११:१७ बिहान
हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन

 सप्तरी/श्रावण ४ गते। हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन भएका छन् । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने अग्नि साइर कृष्ण संवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोला–१ मा निर्माणाधीन रहेका पुल अलपत्र अवस्थामा छोडेर ठेकेदार विकाश झा सम्पर्कविहीन भएका भएका हुन् ।

 लामा बामती निर्माण सेवाले वि.स. २०७१ सालमा निर्माण शुरु गरेको उक्त पुल अझै सम्पन्न नभएपछि यतिबेला सदरमुकाम आउनेजाने हजारौं मानिसहरुको आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म २ करोड १३ लाख २९ हजार ४ सय ५९ रुपैयाँ भुक्तानी पाइसके पनि निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छोडेका छन् ।

निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन इकाईको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । साथै सप्तरी सदरमुकासँंगको जनसम्पर्क पनि टुटेको छ । उक्त पुलको हालसम्म ८१.२३ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव–इन्जिनियर अमरेन्द्र भगतले जानकारी दिए ।

वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध सिर्जना हुने गरेको तिरहुत गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष मनोज कुमार यादवको भनाइ छ । उनका अनुसार लगातार वर्षा भएपछि उक्त खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी आउनेजाने क्रम पूर्णरुपमा बन्द भएको छ । 

‘स्थानीयवासीहरुको निरन्तर दबाबले समेत निर्माण कम्पनी र आयोजना कार्यान्वयन गर्ने इकाई गम्भीर भएको छैन । राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लाखौं यात्रीले छोटो दुरी प्रयोग गर्ने उक्त बाटोमा अवरोध आएको छ । पटकपटक दबाब दिएपनि एक दशक बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण कार्य अलपत्र छोडेर ठेकेदार लापत्ता भएपछि स्थानीयहरुले अब सडक संघर्षबाटै दबाब दिनुपर्ने आवश्यकता आएको महसुस हुँदै छ’, उनले भने ।

पुल निर्माणमा ढिलाइ गरेपछि बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको करिब दुई किलोमिटर सडकको कालोपत्रे पनि अलपत्र भएको स्थानीयको भनाइ छ । डिमनदेखि बनौलीसम्मको सडकमा कालोपत्रे हुन नसकेको हो । उक्त सडक निर्माण कम्पनीले समेत कलिया खोलाको पुल र तिरहुत गाउँपालिका–५ बुधेवाको पुल निर्माण नभएपछि कालोपत्रेमा ढिलाइ भएको बताएका छन् । बर्खायामको बेला खोलामा अत्यधिक पानी आउँदा त्यहाँको बाटो नै बन्द भएपछि दश गाउँबीचको जनसम्पर्क समेत टुटेको स्थानीयको भनाइ छ । त्यस्तै स्कुले छात्रछात्राको पठनपाठनसमेत बन्द भएको स्थानीयले बताए ।

बुधेवास्थित सो पुलको २ करोड भन्दा बढी लागतमा निर्माण शुरु गरिएको डेढ दशक बितिसकेको छ । यद्यपि सो पुल निर्माण सम्पन्न भइसकेको भैरव आश्रया निर्माण सेवा जेभीका ठेकेदार मुकेश कुमार यादवले बताए । आर्थिक वर्ष २०७५/०७६ मा महुली खोलामा आएको बाढीले खोला फुटेर यही पुल भएर बोगेका कारण ढिलाइ भएकै हो । तर अहिले पुललगायत माटो भर्ने कार्य सम्पन्न भइसकेको छ । ग्राभेल हालेपछि कार्य सम्पन्न हुने ठेकेदार यादव बताउँछन् ।

कालिया खोलाको पुल सञ्चालनमा ढिलाइ भएपछि बाटो बन्द गरिएकाले वडा कार्यालयले तत्काल खोलाको बाटोको मर्मत–सम्भार थालेको अग्नि साइर कृष्ण संवरण गाउँपालिका –४ का वडाअध्यक्ष तेजनारायण यादवले बताउँछन् । ‘बाढीले खोला खनिएको अवस्था थियो । तत्काल मेरो पहलमा ८० बोरा सिमेन्ट, चार ट्याक्टर गिट्टी र बालुवासहित पिसिसि ढलान गरिएको छ ।आवतजावत सहज होस् भनेर तत्काल मर्मत गरिए पनि ठेकेदारलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत उजुर गरिसकेको छु’, उनले भने ।

भौतिक प्रगति ८८ प्रतिशत सम्पन्न भएको सो पुलको मूल्य अभिवृद्धि करसहित २ करोड ९६ लाख ३० हजार २ सय ९४ रुपैयाँ ६९ पैसा लागतमा निर्माण थालिएको छ । पुल निर्माण अलपत्र भएपछि आक्रोशित बनेका स्थानीयहरुले कम्पनीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग राखेका छन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

ब्यवासायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाडन आदेश

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

भोलि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!